सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम खप्तड गोल्डकप : सुदूरपश्चिम–११ र कंचनजंघा एफसी भिड्ने

फाईल फोटो
फाईल फोटो
२०७६ फाल्गुन १३, ०८:०५ खबर संवाददाता

धनगढी : नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप अन्तरगत आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन्। आज धनगढी रंगशालामा दिउसो ३ बजे क्वाटरफाईनलको पहिलो खेल हुने छ। पहिलो क्वाटरफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र कंचनजंघा एफसी भारतबीच खेल हुनेछ।

विभागीय टिम एपिएफ क्लब, भारतको कंचनजंघा एफसी, नव जन जागृती, सुदूरपश्चिम–११, साविक विजेता नेपाल पुलिस, थ्री स्टार र हिमालयन शेर्पा क्लब क्वाटरफाइनलमा छन्। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

धनगढी रगशालामा जारी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०र१० हजार पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरु मध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोबाइल पाईरहेका छन् भने एक/एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन्।

वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक वर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिइरहेको छ। नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोवल आइएमई बैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ।

यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ। सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि आयोजना गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस