सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा रक्तदाता संस्था गठन

२०७६ फाल्गुन १२, ०७:३७ खबर संवाददाता

बैतडी: बैतडीमा पहिलोपटक रक्तदाता संस्था गठन गरिएको छ। “सुदूरपश्चिममा रक्तदाता” नाम राखेर उक्त संस्था गठन गरिएकोे हो।  

जिल्ला सदरमुकामको गढीमा सम्पन्न भेलाले तृप्ती शाहीको अध्यक्षतामा ९ सदस्यीय संस्था गठन गरेको हो। संस्थाको उपाध्यक्षमा राधिका भट्ट, सचिवमा विनोदसिंह विष्ट, कोषाध्यक्षमा कल्पना राना रहेका छन्। यस्तै सदस्यहरुमा हरु ओड, चन्द्रसिंह डोवाल, दुर्गादत्त जोशी, निर्मला टेर र निशा भट्ट रहेका छन्। 

बैतडीमा बेलाबेलामा बिरामीलाई रगतको अभाव देखिने भएकोले उक्त संस्थाले रक्तदान गर्न प्रेरित गर्न अभियान चलाउने जनाइएको छ।  यसैबिच नागरिक अगुवा कर्ण दयालको संयोजकत्वमा ३ जना सल्लाहकार समिति पनि गठन गर्ने निर्णय भएको अध्यक्ष शाहीले जानकारी दिए। 

जिल्लामा रक्तसञ्चार केन्द्र(ब्लड बैंक)नहुँदा सेना, प्रहरी र स्वास्थ्यकर्मीको भर पर्नुपर्ने बाध्यता रहेको छ। काभ्रे घर भइ हाल अमेरिका बस्दै आएका अर्जुन प्रसाद मैनालीले संस्थाले सञ्चालन गर्ने  जनचेतनामूलक कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने बताएका छन्।   

उक्त संस्था हाल बैतडीका गठन गरिएको भएपनि सुदूरपश्चिमका अन्य जिल्लामा पनि विस्तार गरिने बताइएको छ। साथै उक्त संस्थाको निकट भविष्यमै सुदूरपश्चिमस्तरीय समिति गठन गरिने जनाईएको छ।  

कमेन्ट लोड गर्नुस