सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी प्रादेशिक महोत्सवको प्रवेश शुल्कमा विद्यार्थीलाई छुट नदिएको गुनासो

२०७६ फाल्गुन १२, ०५:३६ खबर संवाददाता

डोटी: डोटीको दिपायलमा आयोजना भइरहेको डोटी प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवको प्रवेश शुल्कमा विद्यार्थीहरुले छुट नपाएको गुनासो गरिएको छ।

डोटी चेम्बर अफ कमर्सले फागुन १ गते देखि १३ गतेसम्म आयोजना गरेको महोत्सवको टिकटमा आयोजकले एकाधिकार जमाएको गुनासो आएको हो।

सुदूरपश्चिमभरि आयोजना हुने विभिन्न मेलाको प्रवेश शुल्कमा विद्यार्थीहरुलाई छुट दिइँदै आएकोमा  डोटिमा भने कुनै छुट नभएको नेपाल विद्यार्थी संघका अध्यक्ष गणेश खड्काले बताए।

यसबारे डोटी चेम्बर अफ कमर्सका सचिव तेज डुम्रेलले विधानमा छुट दिनैपर्ने व्यवस्था नभएकाले छुट नदिइएको बताए। 

कमेन्ट लोड गर्नुस