सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गोल्डस्टार जुत्ताको सोरुम

२०७६ फाल्गुन १२, १२:५८ खबर संवाददाता

धनगढी : गोल्डस्टार जुत्ताको आधिकारिक उत्पादक किरन सुज म्यानुफ्याक्चरले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पनि सोरुम संचालन गर्ने तयारी गरेको छ। धनगढीस्थित एनथ्री ट्रेडर्समा गोल्डस्टारका उत्पादनहरु आधिकारिक रुपमा बिक्री वितरण थाल्ने तयारी भएको हो।

फागुन १५ गते औपचारीक उद्धघाटनको कार्यक्रम तय गरिएको गोल्डस्टारको आधिकारी सोरुम एनथ्री ट्रेडर्सका सञ्चालक दिपेन्द्र बोगटीले बताए। सोरुममा बजारमा उपलब्ध सबै थरिका जुत्ता र चप्पल पनि बिक्री वितरणका लागि उपलब्ध गराइने उनले बताए।

ग्राहकवर्गको बढ्दो माग र ब्राण्डको लोकप्रियतालाई मध्यनजर गर्दै सोरुम  सञ्चालनमा ल्यउने तयारी भएको हो। किरन सुज म्यानुफ्याक्चरले गोल्डस्टारका लागि विभिन्न थरिका जुत्ताहरु उत्पादन गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस