कैलालीमा चट्याङ लागेर महिला घाईते
कैलालीमा चट्याङ लागेर महिला घाईते भएकी छन््। च्ट्याङ लागेर जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ की ६० वर्षीया झुपादेवी रावत घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आज विहिन ४ बजे भान्छा कोठामा बसेका वेला चट्याङ लागेर रावत घाईते भएको दिनेश खबरलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए।
उनका अनुसार घाईते रावतको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।