सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोकनालाई पुरानै स्वरुपमा फर्काइने

२०७६ फाल्गुन ११, १०:३७ खबर संवाददाता

यही फागुन ९ देखि शुरु भएको खोकना महोत्सव करीब ४० हजार दर्शकको अवलोकन तथा   एक करोड कारोवार भई आज समापन भएको छ। ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा भएको महोत्सवको समापन गर्दै प्रतिनिधिसभा सदस्य पम्फा भुसालले खोकनामा घरबास सञ्चालन गरी यसलाई थप पर्यटकीय क्षेत्र बनाइने बताए।

सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले खोकनालाई पुरानै स्वरुपमा फर्काउन मन्त्रिपरिषद्ले योजना अघि बढाएको आफूले पाएको जानकारी दिए। सांसद नवराज सिलवालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन खोकना महोत्सव सफल भएको विचार राखे। सांसद कृष्णलाल महर्जनले प्राचीन एवं मौलिक सांस्कृतिक सम्पदाको धनी खोकनालाई पर्यटकको आकर्षण बनाउनुपर्नेमा जोड दिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले महोत्सवले खोकनाको पहिचान र मौलिकता जगेर्नामा सहयोग गरेको विचार व्यक्त गरे। महोत्सवका करीब ११० कक्षमा तोरीको तेल, नेवारी खाजा, हरियो तरकारी, हस्तकलाका सामग्री, चामल, चिउरा तथा पुराना भाँडाकुँडा, गोरखाभूकम्पका अवशेष आदि राखिएका थिए।  

काठमाडौँ उपत्यकाका साथै मकवानपुर, काभ्रेपलाञ्चोक, रुपन्देहीसमेतका दर्शक महोत्सवमा सहभागी भएको  महोत्सवका संयोजक तथा ललितपुर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस