सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेनिसमा नेपाललाई स्वर्ण

२०७६ फाल्गुन ११, ०९:४६ खबर संवाददाता

आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ। इन्डोनेसियाको राजधानी जकार्तामा आज नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो। नेपाली पुरुष टोलीले फाइनलमा श्रीलङ्कालाई २–१ सेटले पराजित गरेको हो।

नेपाली टोलीका प्रशिक्षक कृष्णराज घलेका अनुसार यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिङ्गापुरलाई २–१ सेटले हराएको थियो। यु–१४ समूहमा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए।

विजेता नेपाल र उपविजेता श्रीलङ्का आगामी मार्चमा अस्टे«लियामा हुने विश्व जुनियर प्रतियोगिताका लागि छनोट भएका छन्। 
‘बी’ डिभिजन लिग स् ब्वाइज युनियन विजयी
‘बी’ डिभिजन लिग फुटबलको आजको खेलमा ब्याइज युनियन क्लब विजयी भएको छ। अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्स सातदोबाटोमा आज भएको उद्घाटन खेलमा ब्याइज युनियनले श्री कुमारी क्लबलाई २–० गोलले पराजित गरेको हो।  

ब्याइज युनियनका लागि खेलको ३९औँ मिनेटमा वर्तमान राई तथा खेलको ७६औँ मिनेटमा प्रदीप बोगटीले गोल गरेका थिए। ब्याइजले तीन अङ्क बटुलेको छ। प्रतियोगिताका लागि एन्फाले बुधबार खेल तालिका सार्वजनिक गरेको थियो। आगामी चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको शीर्ष टोली ‘ए’ डिभिजनमा उक्लिनेछ । पुछारमा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ। ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, आरसिटी क्लब, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एशोसियशन, पुल्चोक स्पोर्टस् क्लब र बाँसबारी क्लबले खेल्ने छन्।

एन्फाले ‘बी’ डिभिजन खेल्ने प्रत्येक टोलीलाई तयारी स्वरुप रु १० लाख उपलब्ध गराएको छ। ‘बी’ डिभिजन लिग विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ।
 

कमेन्ट लोड गर्नुस