सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट एक बृद्ध सहित दुई जनाको उद्धार

२०७६ फाल्गुन ११, ०९:३३ खबर संवाददाता

कैलालीबाट एक बृद्ध सहित दुई जनाको उद्धार गरिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका खनियातालका ५६ वर्षिय चन्द्रबहादुर बादी र उनका १० वर्षिय छोराको उद्धार गरिएको हो।

उनीहरुलाई बर्दागोरिया गाउँपालिका बौनियामा रहेको सहारा घरमा लगिएको छ। अपांग चन्द्रबहादुर स्याउले क्षेत्रमा मागेर गुजेरा गर्दै आएका स्याउले बजार व्यवस्थापन समितिले जनाएको छ। समितिका अध्यक्ष गोपाल देउवाका अनुसार उनी खुटिया नदीको छेउमा बस्दै आएका थिए। बृद्ध र अपांग अवस्थामा श्रीमतीले छोडेपछि उनीहरु बेसाहरा भएका थिए।

उनीहरुलाई सहारा घर बौनियाले सहारा दिएको बजार व्यवस्थापन समितिका अध्यक्ष देउवाले बताए। 

 

कमेन्ट लोड गर्नुस