सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मृल्य हाल सम्मकै उच्च

२०७६ फाल्गुन ११, ११:२९ खबर संवाददाता

नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भई मूल्य हालसम्मकै उच्च भएको छ। शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७८ हजार १ सय रहेको थियो। भने आज तोलामा ७ सयले बृद्धि भइ प्रतितोला सुन ७८ हजार ८ सयमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य ७८ हजार ५ सय रहेको छ।

त्यस्तै शुक्रवारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भइ मूल्य हालसम्मकै उच्च कायम भएको छ। शुक्रवार प्रतितोला चाँदीको मूल्य ९ सय १५ रहेको थियो भने आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदी ९ सय २० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस