सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु

२०७६ फाल्गुन १०, १०:४८

बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्बर ३ का २४ वर्षिय लोकेन्द्र साउँदको करेन्ट लागेर मृत्यु भएको वडा अध्यक्ष मिनबहादुर भण्डारीले बताए।

शनिबार दिउसो साउँदलाई मालागडा विद्युत पावर हाउसमा करेन्ट लागेको  स्थानीय लोचन विष्टले बताए। उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो। अस्पतालमा उनको मृत्यु भएको वडा अध्यक्ष भण्डारीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस