सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट सुत्केरीको हवाई उद्धार

२०७६ फाल्गुन १०, ०९:०६ खबर संवाददाता

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ। जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। 

सुत्केरी हुनु समय अगावै धामीले बच्चा जन्माएकी हुन्। छ महिनामै बच्चाको जन्म दिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उनले दोस्रो सन्तान जन्माएकि हुन्। धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत छिन्।
 

कमेन्ट लोड गर्नुस