सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी: आम्दानीको स्रोत बन्दै कुखुरा व्यवसाय

२०७६ फाल्गुन १०, ०२:१७

डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज राम्रो आम्दानी गर्न थालेकी छिन्। उनले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गरेकी हुन् ।  

कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उनले छोरीलाई बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धानेकी छिन्। उनी एक हातको अपाङ्गता भएकी महिला पनि हुन्।

वर्षौं पहिले दुर्घटनामा पर्दा उनको दाहिने हात काटिएको छ। एक वर्ष पहिले अपाङ्ग सेवा सङ्घ सिलगढीले १० हजारका उन्नत जातका कुखुराका चल्ला र  १० हजार बराबरको खोर निर्माणका लागि आर्थिक सहयोग गरेपछि आफूले उक्त व्यवसाय शुरु गरेको कुखुरा व्यवसायी उनले बताइन्। 

लोकल तथा उन्नत जातका कुखुरा भएका कारण ग्राहक खोज्नुपर्ने समस्या नभएको उनको भनाइ छ। लोकल कुखुरा जिउँदो प्रतिकिलो ६०० का दरले बिक्री हुन्छ। उक्त व्यवसायबाट मासिक  १५ देखि रु २० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनको भनाइ छ। -रासस

कमेन्ट लोड गर्नुस