सुदूर नेपाललाई विश्वसँग जोड्दै

विहान उठ्ने बित्तिकै ५ मिनेट लामो श्वास लिनुहोस्, हुन्छन् यस्ता फाइदा

२०७६ फाल्गुन ९, ०६:०५ खबर संवाददाता

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो। श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन। तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्पस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ। विहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्नुपर्दछ। त्यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदाहरु यस प्रकारका छनः

१. तनावमुक्त बनाउँछ

गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँदछ र तनाव, चिन्ता र त्रास घटाउँछ।

२. शरिरको बिष फालिदिन्छ

श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निष्कासन गरिदिन्छ।

३. दिमागलाई शान्त बनाइदिन्छ

अत्यधिक तनाव र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ। गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ।

४. अन्य अंगलाई पनि सहयोग

गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह गरिदिन्छ। एजेन्सी 

कमेन्ट लोड गर्नुस