सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका विद्यालयमा अव तेक्वान्दो खेल अनिवार्य

२०७६ फाल्गुन ८, ०६:३४ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाका सरकारी तथा निजी विद्यालयहरुमा तेक्वान्दो खेल सिकाउने कार्यलाई अनिवार्य गरिने भएको छ। बिहीबार धनगढी उप–महानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी दिएको हो।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रदिप थापा बिच सोही बिषयमा सम्झौतामा हस्ताक्षर पनि भएको हो। 
 

कमेन्ट लोड गर्नुस