सुदूर नेपाललाई विश्वसँग जोड्दै

उर्मिला बिष्ट कार्की मृत्यु प्रकरणः १९ दिन पुरा, न्याय पाईएन

२०७६ फाल्गुन ७, ०९:३७ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाकी उर्मिला बिष्ट मृत्यु प्रकरणमा १९ दिन बितिसक्दा समेत वास्तविकता बाहिर आउन सकेको छैन्। गत माघ १८ गते मृत फेला परेकी उर्मिलाले न्याय नपाएको भन्दै माईती पक्षले न्यायको माग गरेका छन्।

धनगढीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उर्मिलाका माईती पक्षले १९ दिन बितिसक्दा समेत न्याय नपाएको गुनासो गरेका हुन्। मृत उर्मिलाकी दिदी हिरा बिष्टले १८ गते मृत फेला परेकी उर्मिलाको पोष्टमार्टम रिपोर्ट समेत सार्वजनिक नगरीएको भन्दै आपत्ति जनाईन्।

प्रहरीले घटनाको अनुशन्धानमा लापरवाहि गरेको आरोप लगाईन्। घटनाको १९ दिन बितिसक्दा समेत प्रहरीले वास्तविकता वाहिर ल्याउनुको साटो उल्टै उर्मिलाको चरीत्र ठिक नभएको भन्दै विरोध नगर्न दवाव दिएको उनको दुखेसो छ। उनले बिहिबार न्यायका लागी धनगढीमा बिरोध प्रर्दशन गरीने पत्रकार सम्मेलन मार्फत जानकारी दिईन्। 

घटना पुर्व– उर्मिलालाई तनावः 
उर्मिलालाई परीवारले पटक–पटक तनाव दिने गरेको माईतीपक्षले बताएका छन्। विं.स. २०६८ सालमा उर्मिला र रमेश कार्कीको विवाह भएको थियो। तर विवाहको केहि दिनमै उर्मिलाका श्रीमान रमेशले शारीरीक आक्रमणका साथै मानसिक तनाव दिने गरेको उर्मिलाले पटक पटक बताएको दिदी हिरा बिष्टले बताईन्।

विहेको केहि वर्ष पछि उर्मिलाले पहिलो छोरी पाईन्। लगत्तै केहि वर्ष पछि उनले अर्की छोरी पनि जन्माईन्। छोरी जन्माएको भन्दै श्रीमानले कुटपिट समेत गर्ने गरेको माईती पक्षलाई उर्मिलाले जानकारी गराउथिन्।

उर्मिलाका माईति पक्षले घरमै गएर सम्झाई बुझाई गर्ने गरेका थिए। तर पनि मानसिक तनाव तथा शारीरीक आक्रमण गर्ने गरेका माईति पक्षले बताए। 
के हो घटना ?
माघ १६ गते घाँस काट्न गहँु बारीमा गएकी उर्मिला साँझ घर फर्किनन्। उर्मिलाका परीवारले उर्मिलाको हराएको खबर राति १२ बजे माईती पक्षलाई जानकारी गराए। राति १२ बजे माईती घरमा पुगेका उर्मिलाका परीवारले घासँ काट्न गएकी उर्मिला घर नर्फिको भन्दै खोज्नका लागि आग्रह गरे।

१७ गते उर्मिलाको घरमा पुगेका माईती पक्षलाई घरभित्र भने प्रवेश गर्न दिईएन्। माईती आउना साथ उर्मिलाका परीवारले बाहिरै कृर्षि ल्याई बस्ने व्यवस्था मिलाए। परीवारका सदस्य घरको ढोका वरीपरी लाईन लागेर बसे। उर्मिलाका भाउजु घर भित्र प्रवेश गर्न खोज्दा उनलाई भित्र प्रवेश गर्न दिईएन्।

१७ गते विहान उर्मिलाका परीवारले ईलाका प्रहरी कार्यालय अत्तरीयामा खोजीका लागि निवेदन दिए। १७ गते दिनभरी उर्मिलाको परीवार तथा माईती पक्षले वरीपरीको क्षेत्र तथा घाँस काट्न गएको क्षेत्रमा खोजि गरे। भेटाउन सकेनन्।

तर १८ गते बिहान भने घर पछाडीको खोलाको किनारामा आखाँबाट रगत आएको, छातिमा घाँउ भएको अवस्थामा उनको शब फेला प¥यो। दिदी हिराका अनुशार शव फेला परेको क्षेत्रमा १७ गते पनि खोजतलास गरीएको थियो। तर १८ गते विहान शव देख्दा परीवारमाथि संका लागेको उनले बताईन्।

परीवारका सदस्यले यस अघिनै उर्मिलामाथि अन्याय गरेको उनले आसंका गरीन्। १८ गते बिहान उक्त क्षेत्रमा शव ल्याएर फालेको उनले आसंका व्यक्त गरीन्। प्रहरीले अनुशन्धानका लागि शव सेति प्रादेशीक अस्पतालमा ल्यायो। तर उनको पोष्टमार्टम रिपोर्ट भने अहिले सम्म सार्वजनिक गरीएको छैन्। 
एसपी गिरीको लाचारीपनः 
मृतक उर्मिलाका माईतीले घटना पछि प्रहरीलाई वास्तविकता बाहिर ल्याउन आग्रह गरे। तर प्रहरीले पोष्टमार्टम रिपोर्ट नआएकाले भन्न सकिने अवस्था नरहेको भन्दै आलटाल गर्न थालेको उनले आरोप लगाएका छन्।

शव फेला परेको १९ दिन बितिसक्दा समेत प्रहरीले पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न सकेको छैन्। मृतक उर्मिलाकी दिदी हिराले एसपी सुदीप गिरीलाई पटक–पटक भेटेर वास्तविकता बाहिर ल्याउन आग्रह गरीएनि उल्टै उर्मिलाको चरीत्र ठिक नहुदा घटना भएको अक्किल दिएको बताईन्।

सुरुवाति दिनमा एसपी गिरीले बलात्कार पछि हत्या गरीएको निकर्ष निकाली रहदा बलात्कार श्रीमान या अन्य बाट खोलीपाउ भनि आग्रह गरीदा अनुशन्धानमा बाधा नपु¥याउन भनि भेटघाट गर्न समेत नदिएको उनले गुनासो गरीन्। एसपी गिरीको लाचारीपनका कारण अहिले सम्म न्याय नपाईएको उनले आरोप लगाईन्। 

तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले भने घटनाको प्रकृति हेर्दा आत्महत्या गरीएको जस्तो देखीएको बताए। उनले विष सेवन गरेको हुन सक्ने बताए। शव छेउमै सल्फास विषादी समेत फेला परेकाले आत्महत्या गरेको हुन सक्ने उनले बताए।

तर उनको शवको प्रकृति हेर्दा विषादी सेवन गरेजस्तो नदेखीएको पनि प्रत्यक्ष दर्शीको भनाई छ। एक प्रत्यक्षदर्शीले भने‘ जुन अवस्थमा उनको शव फेला परेको थियो, उनको निर्घात कुटपश्चात हत्या गरीएको हुन सक्छ’–‘विष सेवन गरेको भए मुखबाट झाँग आउनु पथ्यो, वरीवरीको जमिन थिचिएको हुनुपथ्र्याे, त्यस्तो केहि पनि पाईएन, हत्या पछि शव उक्त क्षेत्रमा राखिएको जस्तो देखीन्थ्यो।’

एसपी गिरीका अनुशार माईती पक्षको दावी अनुशार श्रीमान रमेश कार्की सहित सासु मन्धरी कार्की र नन्दहरु लक्ष्मी कार्की बोहोरा तथा आरशु कार्कीलाई पक्राउ गरी अनुशन्धान भईरहेको छ।

अनुशन्धान अगाडी बढीरहेकाले अबको केहि दिनमै उनिहरुलाई छोड्ने या अदालतमा मुद्धा दर्ता गरीने थप अनुशन्धान पछि बताउन मिल्ने उनले बताए। यद्यपी अनुशन्धान चलिरहेकाले थप खुल्न बाँकिरहेको एसपी गिरीले बताए।  

कमेन्ट लोड गर्नुस