सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

२०७६ फाल्गुन ७, ०८:०७ खबर संवाददाता

कैलालीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ४ मा से ६प ५२०२ नम्बरको मोटरसाईकलको ठक्करबाट टीकापुर ९ की अन्दाजी ५० वर्षीय कल्धरी रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरिक्षक प्रकाश कार्कीले मोटरसाईकलको ठक्करबाट गम्भीर रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको जानकारी दिए। चालक २९ वर्षीय नरबहादुर साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस