सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा दुई जना कैदी जेलमुक्त

२०७६ फाल्गुन ७, ०७:३१ नरेन्द्र कार्की

दार्चुला : जिल्ला कारागार दार्चुलामा रहेका दुई जना कैदी जेलमुक्त भएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले असल चालचलन, आचरण सुधार भएका आधारमा ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीलाई जेलमुक्त गरेको हो।

दार्चुलामा ज्यान मुद्धामा कैद भोगिरहेका महाकाली नगरपालिका वडा नम्बर १ छापरीका मोहनसिह कुवँर र कैलाली लम्कीचुहा नगरपालिका १२ का कर्णदेब संन्यासीको कैद मिनाहा गरिएको लेजर मानबहादुर खडायतले जानकारी दिए। 

ज्यान मुद्दामा ५ देखि १० वर्ष कैद सजाय तोकिएका २ जना कैदीको कैद मिनाहा गरिएको छ। प्रजातन्त्र दिवसको अवसरमा सरकारले हरेक वर्ष कैदीको सजाय मिनाहा गर्दै आएको छ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस