सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी कारागारका एक कैदीको कैद माफ

२०७६ फाल्गुन ७, ०३:३७ खबर संवाददाता

बैतडी : ७०औँ प्रजातन्त्र दिवसको अवसरमा बैतडीमा कैद मिनाहा भएको छ। दिवसको अवसरमा दोगडा केदार गाउँपालिका– ५ का ३० वर्षीय चक्र बहादुर चन्दको ६ वर्ष कैद मिनाहा गरिएको हो।

ज्यान मार्ने उद्योगमा २०७० साल असोज ३ गते देखि १२ वर्ष कैद भुक्तान गरिरहेका चन्दलाई आज ४७ प्रतिशत कैद माफी दिँदै मिनाहा गरेको जिल्ला कारगार बैतडीका जेलर अनिल तिवारीले बताए। 

कमेन्ट लोड गर्नुस