डोटीमा बाल विवाह अन्त्य गर्ने सरोकारवालाको प्रतिवद्धता
डोटीको आदर्श गाउँपालिका ७ का सरोकारवालाहरुले बाल विवाह अन्त्यका लागि प्रतिवद्धता जनाएका छन्। मंगलबार सामुदायिक विकास केन्द्र डोटीको आयोजना वर्ड भिजनको सहयोग तथा वडाको समन्वयमा गरिएको बालविवाह अन्त्यका लागि सरोकारवालासंगको बहस तथा अन्तरक्रिया कार्यक्रम प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष लाल बहादुर बिष्टले बाल विवाह अन्त्यका लागी वडाले विभिन्न कार्यक्रम गरिरहेको बताउदै बाल विवाह गरेको पाएमा कानूनी दायारामा ल्यायर कारवाही गर्ने बताए। कालिका माध्यमिक बिद्यालयका प्राध्यानाध्यापक गणेश दाहालले पनि बाल विवाह न्यूनीकरणका लागि विद्यालयले जनचेतना मूलक कार्यक्रम गरिरहेको बताए। उनले विभिन्न बाल क्लवले सञ्चालन गर्ने अभियानहरुमा पनि सहयोग पुगाउने प्रतिवद्धता जनाए।
कार्यक्रममा बोल्दै दहकालिका स्वास्थ्य चौकी इन्चार्ज देवबहादुर खड्काले उमेर नपुगी विवाहले स्वास्थ्यमा ठुलो समस्या आउने भएकाले बाल विवाह अन्तय गर्न सबै मिलेर लाग्नुपर्ने बताए। बाल संजालका अध्यक्ष नारायण बिष्टले बालविवाह न्यूनीकरणका लागि बाल क्लबले विभिन्न कार्यक्रम गरेपनी समस्या भएको उनले बताए।