सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

२०७६ फाल्गुन ६, ०९:३३ खबर संवाददाता

डडेल्धुरामा आलिताल गाँउपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। सोमबार सम्पन्न दोश्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा स्वर्ण पदक सहित दुर्गा माध्यामिक विद्यालय डोला आलिताल बिजयी भएको भएको छ।

त्यस्तै स्वर्ण सहित उणिकोट माध्यामिक विद्यालय गांखेत र गौरीशंकर माध्यामिक विद्यालय मेलगाजा दोश्रो भएको छ, भने सिद्धभगवती माध्यमिक विद्यालय दोबाटा आलिताल तृतीय भएको आयोजकले जानकारी दिएको छ। सिद्धभगवती माध्यमिक विद्यालय दोबाटाले एथ्लेटिक्स छात्रा तर्फ सय मिटर दौडमा १ स्वर्ण, दुई सय मिटर दौडमा १ स्वर्ण , लङ्गजम्पमा १ स्वर्ण गरि भागरथी कार्कीले उपाधी हात पारेको छ।

त्यस्तै छात्रा तर्फ नै ज्याब्लिङ्ग थ्रो मा १ स्वर्ण र सटपटमा १ स्वर्ण सहित चन्द्रा महराले २ स्वर्ण पदक हात पारेकी छन्। त्यसैगरी छात्र तर्फको चार सय मिटर दौडमा १ स्वर्ण र ८०० मिटर दौडमा १ स्वर्ण सहित गोपाल सार्कीले दुइ पदक हात पारेका छन्। आलिताल गाँउपालिका स्तरिय दोश्रो रास्ट्रपति रनिङ्ग शिल्डमाा प्रत्योगितामा सात स्वर्ण पदक सहित तेस्रो स्थानमा सिद्धभगवती माध्यमिक विद्यालय बिजयी भएको छ।

गाँउपालिका स्तरिय दोश्रो रास्ट्रपति रनिङ्ग शिल्डमाा प्रत्योगितामा नौ विध्यालयको सहभागिता रहेको थियो। आलिताल गाँउपालिका स्तरिय दोस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको सिद्धभगवती माध्यमिक विद्यालय दोबाटाका शिक्षक केशव बहादुर साउदले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस