सुदूरपश्चिममा २ वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे गरिएको मुख्यमन्त्रीको दावी
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षको अवधीमा ६५ किलोमिटर सडक कालोपत्रे गरेको दावी गरिएको छ। सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले दुई वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिए। उनले प्रदेशको पाँच सय ६८ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको पनि मुख्यमन्त्री भट्टले बताए।
यस्तै प्रदेशका ८७ वटा सडक ग्रावेल गर्ने चरणमा रहेको सम्बोधनका क्रममा उनले उल्लेख गरेका छन्।