सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ५ युवाले करोडको लगानीमा काठमाडौँमा खोले होटल

२०७६ फाल्गुन ६, ०२:४३

सुदूरपश्चिमका पाँचजना युवाले काठमाडौँमा झण्डै एक करोडको लगानीमा होटल सञ्चालनमा ल्याएका छन्। नेपाली कांग्रेस निकट नेविसंघका निवर्तमान उपाध्यक्ष समेत रहेका धनगढीका पुष्पकुमार शाही लगायतका युवाले होटल सञ्चालनमा ल्याएका हुन्।

काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याईएको ‘रोयल थकाली रेस्टुरेन्ट एन्ड लाउन्ज बार’ को लगानीकर्तामा सुदूरपश्चिमकै चार जना अन्य युवा पनि रहेका छन्। अछामका नरेश शाही, बाजुराका सरोज शाही, बझाङका लोकेन्द्र रोकाया र डोटीका दिनेश कलेलसँगको साझेदारीमा होटल सञ्चालनमा  ल्याईएको शाहीले बताए।

होटलको सोमबार चलचित्रकर्मी नीर शाहले उद्घाटन गरेका छन्। होटलका अर्का लगानीकर्ता रोकाया पनि नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन्। शाहीले राजनीति र होटल व्यवसायलाई एकसाथ अगाडि बढाउने प्रतिक्रिया दिएका छन्।

‘राजनीति कमाई गर्न नभई समाजसेवाका लागी हो। राजनीतिमा लागेको मान्छेले विशुद्ध  समाज सेवा गर्नुपर्छु, शाहीले भने, ‘मान्छे आर्थिक रुपमा बलियो भने राजनीतिमा पनि सफल हुन्छ।’

 

 

कमेन्ट लोड गर्नुस