सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने

२०७६ फाल्गुन ५, १०:५५ खबर संवाददाता

नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ। अमेरिकाको फ्रेन्च चाइजबाट मान्यता प्राप्त प्रतियोगिताको आयोजना खरेल अर्गनाइजेसनले गर्दै छ।  

प्रतियोगिता २०७७ असोज १० मा राष्ट्रियसभामा हुने आयोजित पत्रकार सम्मेनमा जानकारी दिइएको छ। सन् १९९१ मा मसल मेनियाको सुरु भएको हो। शारीरिक सुगठन खेलाडीको क्षमता बढाउन र एक्सपोजर प्रदान गर्न बडी बिल्डिङ आयोजना गर्न लागेको खरेल अर्गानाइजेसनका निर्देशक सज्ञान खरेलले जानकारी दिएका छन्।

प्रतियोगितामा ५ अन्तर्रास्ट्रिय जजबाट विजेता छानिने छन्। प्रतियोगितामा मसल मेनिया नेपाल क्लासिक, नेपाल फिजिक, मोडल च्याम्पियनसिप, फिगर नेपाल र यू–२२ को विधा गरी पाँचवटा इभेन्ट रहेको खरेले बताए। विजेताले १३ डिसेम्बरमा सिंगापुरमा हुने ‘मसल मेनिया एसियामा समेत प्रतिस्पर्धा गर्न पाउने छन्। पाँचै विधाका उत्कृष्ट विजेतालाई आयोजकले पूरै स्पोन्सरसिपमा सिगापुर लाने छ। प्रतियोगिता सञ्चालन गर्न फाइनान्सियल एडभाइजर प्रविन श्रेष्ठ र सुरज खड्का रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस