सुदूर नेपाललाई विश्वसँग जोड्दै

गरीमा धानको नक्कली बीउ बेच्ने कैलालीका बिक्रेतालाई २ लाख जरिवाना

२०७६ फाल्गुन ५, ०७:०३ खबर संवाददाता

कैलाली: गरीमा धानको बाला नलाग्ने नक्कली बीउ बिक्रीमा संलग्न आयातकर्ता र बिक्रेतालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जरिवाना गराएको छ।

विभागले प्रयोग गर्न पाउने कानुनी अधिकारअनुसार आयातकर्तालाई ३ लाख र बिक्रेतालाई जनही दुई लाखका दरले जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

कैलालीका आरएच एग्रोभेट र किसान एग्रोभेट सेन्टरसहित देशभर १४ बिक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गरेको विभागले जनाएको छ।

विउ आयतकर्ता सनराइज एग्रिकल्चर रिसर्च प्रालि दाङलाई ३ लाख जरिवाना गराइएको छ। 

विज्ञहरुको प्रमाणित अनुसन्धान तथा कृषि मन्त्रालयले विभागमा पठाएको फाइल तथा अनुगमनको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस