सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिजेल र पेट्रोलको भाउ घट्यो

२०७६ फाल्गुन ५, ०६:५१ खबर संवाददाता

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ।

कमेन्ट लोड गर्नुस