सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३औं सागका पदक विजेतालाई सशस्त्र प्रहरीको सम्मान

२०७६ फाल्गुन ४, १०:२६ खबर संवाददाता

१३औं दक्षिण एसीयाली खेलकुद (साग) मा विभिन्न खेल विधामा सहभागी भई पदक जित्न सफल सशस्त्र प्रहरी बलका ८० खेलाडीलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ। सागमा व्यक्तिगत खेलतर्फ स्वर्ण पदक विजेतालाई जनही एक लाख रुपैयाँ तथा रजत पदक विजेतालाई जनही ५० हजार रुपैयाँ र कास्य पदक विजेतालाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो।

यसैगरी सामुहिक खेलतर्फ दुई वा दुई भन्दा बढि विधातर्फ सहभागी भई पदक विजेता खेलाडीहरुलाई प्रतिव्यक्ति स्वर्णतर्फ ५० हजार रुपैयाँ, रजततर्फ २५ हजार रुपैयाँ र कास्यतर्फ १५ हजार रुपैयाँ थप पुरस्कार प्रदान गरिएको छ। कुल २४ लाख ९५ हजार रुपैयाँ नगद पुरस्कारसहित सशस्त्रले सम्मान गरेको हो। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ४ गते विशेष समारोह आयोजना गरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गरेका हुन्।

सशस्त्र प्रहरी बलका खेलाडीहरुले दक्षिण एसीयाली खेलकुदमा स्वर्ण ८, रजत १५ र काश्य २२ गरी कुल ४५ पदक हासिल गरेका थिए। एथ्लेटिक्सतर्फ अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक विजेता नेपाल एपीएफ क्लबका अजितकुमार यादव लगायत उत्कृष्ट चार जना प्रशिक्षकहरुलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

नेपाल ओलम्पीक कमिटिका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्रचार्य, एन।आई।सी। एसीया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अग्नी ईनकर्पोरेट प्रा।लि। ९महिन्द्रा०का प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद शर्मा पौडेलले समेत खेलाडीहरुलाई खादा ओढाई सम्मान गरेका थिए।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त बिशेष समारोहमा खेलाडी राष्ट्रका गहना भएको बताएका थिए। खेलाडीहरुले संगठनले दिएको श्रोत साधनको उचित उपयोग एवं  संरक्षण गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेर नतिजा दिन सधैं अग्रसर रहनुपर्छ,’ महानिरीक्षक खनालले भने। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू  र विभिन्न खेलकुद संघरसंस्थाका पदाधिकारीसमेत उपस्थित थिए।
 

कमेन्ट लोड गर्नुस