सुदूर नेपाललाई विश्वसँग जोड्दै

अबको आन्दोलन निर्णायक हुने छः थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय प्रवक्ता चौधरी

२०७६ फाल्गुन ४, ०९:४६ भुवन भट्ट

धनगढीः थरुहट/थारुवान राष्ट्रिय मोर्चा कैलालीले बिभिन्न मागहरु राख्दै थालेको अनशन आज ४ दिन पुरा भएको छ। तर सरकार आफ्ना मागहरु प्रति गम्भीर नभएको भन्दै मोर्चाले थप संघर्षमा उत्रने चेतावनि दिएको छ।

अनशनरत थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या देखीपछि उनलाई स्लाईन चढाउनु परेको हो। उनको अनशनरत क्षेत्रमै  उपचार भईरहेको छ। रक्त चाप कम देखीएको उपचारमा संलग्न डाक्टर निराजनदत्त शार्माले बताए।

माफ्ना मागहरु प्रति सरकारले नजर अन्ताज गरेको थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज चौधरीले आरोप लगाए। यस अघि पनि पटकपटक सरकारले आफुहरुका मागबारे पटक पटक सहमति, सम्झौता गरेपनि कार्यान्वयन नै नगर्दा सरकार प्रति रत्तिभर विश्वास नभएको उनले बताए।

उनले भोली देखी झन सशक्त रुपमा अगाडी बढ्ने बताउदै अबको आन्दोलन निर्णायक हुने चेतावनि दिए। मोर्चाले सोमबार पनि बिरोध सभाको आयोजना गर्ने तयारी गरेकोछ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राखिएको छ।

मोर्चाको आन्दोलन तथा अनशनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्। 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस