सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अमरगढी स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२०७६ फाल्गुन ४, ०६:१६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा नगर स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आईतबारदेखि प्रतियोगिता सुरु भएको हो।

अमरगढी नगरपालिका–३ को रामलिला खेलमैदान(बगड) सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले उद्घाटन गरेका हुन्। प्रतियोगितामा अमरगढी नगरपालिकाभित्र रहेका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ।

प्रतियोगितामा छात्र–छात्रा भलिवल, कबड्डी, एथेलेटिक्स र मार्सल आर्टलगायतका खेलहरु समावेश गरिएका आयोजक अमरगढी नगरपालिकाले जनाएको छ। 

आईतबारदेखि सुरु भएको प्रतियोगिता सोमबार सम्म संचालन हुनेछ। देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहहरुमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भइरहेका छन् भने स्थानीय स्तरबाट प्रथम भएर आउने खेलाडिहरुको जिल्लामा जिल्ला स्तरिय प्रतियोगिता हुने भएको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले खेलाडीहरु राष्ट्रको गहना भएकोले खेलहरु नियमित संचालन हुनुपर्ने बताए। 

त्यस्तै अमरगढी नगरपालिकाका नगर प्रमुख विशेस्वरप्रसाद ओझाले खेल खेल्दा खेलाडीले अनुशासन भएर खेल्नुपर्ने बताए। खेलाडी राष्ट्रको गहना भएकाले देशलाई चिनाउन खेलाडीको महत्वपूर्ण भुमिका हुने उनको भनाइ रहेका थियो।

कमेन्ट लोड गर्नुस