सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा रमा

२०७६ फाल्गुन ४, ०३:४५ खबर संवाददाता

धनगढी: राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा रमा भट्टराई(जैरू) चयन भएका छन्।

आइतबार धनगढीमा सम्पन्न प्रथम ऐतिहासिक सुदूरपश्चिम प्रदेश सम्मेलनले अध्यक्षमा रमा भट्टराई (जैरू) रहने गरी १२ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा गणेश रोका, सचिव शेरबहादुर सार्की, सहसचिव रमेश वादी गन्दर्भ र कोषाध्यक्षमा सुनिता विक चयन भएका छन्।

त्यस्तै संघको सदस्यमा लालबहादुर चंदारा, शुरेस तोलाङ्गी, विक्रम भुल, सुवास नेपाली, आकान्छा पाल्पाली, विवेक नागरी र सोधा नेपाली चयन भएका छन्। 

कमेन्ट लोड गर्नुस