सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो सुनचाँदीको मूल्य

२०७६ फाल्गुन ४, ०१:११ खबर संवाददाता

सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार भएको हो।

शुक्रबार प्रतितोला ७६ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार बढेर प्रतितोला ७६ हजार ५०० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २०० मा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ८८५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस