सुदूर नेपाललाई विश्वसँग जोड्दै

घाँटी रेटेर एक किशोरीको हत्या

। फोटो स्रोत ।
२०७६ फाल्गुन ४, ०८:५२ खबर संवाददाता

शुक्रबार सल्यानमा एक किशोरीको घाँटी रेटेर विभत्स हत्या गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ तल्लो काभ्रा निवासी वर्षीया कविता बोहराको हत्या गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको घाँटीको स्वासनली काटेर हत्या गरिएको हो। कविता शुक्रबार राति ९ बजेसम्म कोठामा एक्लै पढिरहेकी थिइन। घरका सबै सदस्य सुतेपछि कविता बाहिर निस्केको हुनसक्ने र त्यही समयमा घाँटी रेटर हत्या भएको बताइएको छ। घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस