सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा घाइते भएका दिलबहादुरलाई कोरियामा रहेका नेपालीद्वारा आर्थिक सहयोग

२०७६ फाल्गुन ३, ०५:२६ खबर संवाददाता

डडेल्धुरा: रोजगारीको शिलशिलामा भारतमा रहेकोमा दुर्घटनामा परि घाइते भएका डडेल्धुराको गन्यापधुराका दिलबहादुर दमाईलाई कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन्। कोरियामा रहेको नेपाली समाजले आर्थिक संकलन गरि घाइतेको परिवारलाई बुझाएका हुन।

पुसमा मजदुरीका लागि भारतको मुम्बइ पुगेका गन्यापधुराका दमाई सडक दुर्घटनामा परि गम्भिर घाइते भएका थिए। दुर्घटनमा उनको दुवै खुट्टा, टाउको र हातमा गम्भिर चोट लागेको उनका बुवा दुर्गा दमाईले बताए।

गाउँघर तथा आफन्तको सहयोग पाएरपनि छोराको उपचार पूर्णरुपमा नभएको उनले बताए। हालसम्म उसको उपचारमा तीन लाख बढि खर्च भइसकेको उनले बताए। उपचारका लागी अझै तीन लाख आवश्यक पर्ने कुरा डाक्टरलाई उदृत गर्दै उनका माहिला दाजु उद्धव दमाईले बताए।

थप उपचारका लागि बुवा दुर्गाले सहयोगको अपिल गरेसँगै कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन्। कोरियामा रहेका नेपालीले आर्थिक सकंलनगरि डडेल्धुरामा रहेको ‘हामी सबैका लागि डडेल्धुरा समाज’ नामक संस्थामार्फत एकलाख एक हजार सहयोग गरेको संस्थाका अध्यक्ष रविन्द्र पनेरुले जानकारी दिए।

हालसम्म छोरा दिलबहादुरले  नै परिवार पालिरहेकोमा उनी घाइते भएपछि समस्या भएको उनका बुवा दुर्गा दमाईले बताए। घाइते छोराको उपचारका लागी उनले सबैमा सहयोगको अपिल गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस