सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली परीक्षार्थीबाट उत्तीर्ण गरी कोरिया गएका एक सयभन्दा बढी नेपाली पक्राउ

२०७६ फाल्गुन ३, ०४:०९ खबर संवाददाता

परीक्षामा अरुलाई लेख्न लगाइ कोरिया प्रवेश गरेका एक सयभन्दा बढी नेपालीलाई कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई सुरक्षा संवेदनशीलताका विविध विषयमा अनुसन्धान गरेर नेपाल डिपोर्ट गर्ने गरिएको कार्यालयले जनाएको छ।

यसरी पक्राउ पर्नेहरुमा ताप्लेजुङ, पाँचथर, म्याग्दी  लगायतका जिल्लाबाट आउने नेपालीहरुको संख्या ठूलो रहेको प्रवासी श्रमिक संगठन(एमटियु)का अध्यक्ष उदय राईले बताए। 

यसरी कोरियाको आन्तरिक सुरक्षाको विषयमा पनि खतरा हुनसक्ने भन्दै उनीहरुलाई थप मुद्दा चलाउने गरेको राईको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस