सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सवारी कर देशमै बढि

२०७६ फाल्गुन २, ०६:०८ कमल सावद

प्रदेश सरकार गठन पछि सुदूरपश्चिममा प्रदेशमा पहिलो पटक गत आर्थिक बर्षमा सवारी कर निर्धारण गरिएको थियो। गत वर्ष पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा सवारी कर उच्च रहेकोमा चालु आर्थिक वर्षमा पनि देशका अन्य प्रदेशको तुलनामा सवारी कर उच्च छ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय धनगढीको लेखा अधिकृत चक्रदेव पाण्डेले एक सय २५ सिसि सम्म अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि २५ सय कर रहेको बताए।

उनले  एक सय २५ देखि एक सय ५० सम्मको चार हजार, एक सय ५० देखि दुई सय ५० सम्मको आठ हजार, दुई सय ५० देखि चार सय ५० सीसीको १६ हजार तथा चार सय ५० देखिमाथि सीसी भएका मोटरसाईकलको कर ३० हजार रहेको पाण्डेले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारले निर्धारण गरेको सवारी कर र अन्य प्रदेश सरकारले निर्धारण गरेको सवारी करमा ठूलो फरक छ। छिमेकी कर्णाली प्रदेशमा एक सय ५० सीसीसम्मको मोटरसाईकलको दुई हजार पाँच सय कर छ।

कर्णाली  प्रदेशमा भने तीन सय ५० सीसी भन्दा माथिका मोटरसाईकलको आठ हजार कर र्निधारण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सुर्खेत प्रमुख आनन्द चापाईले बताए।

सानो तिनो व्यवसाय गर्ने, रोगजारी गर्ने, अध्ययन गर्ने बिद्यार्थीहरु लगायत ४६ प्रतिशत गरिबीको रेखामुनी रहेका प्रदेशवासीलाई मोटरसाईकलको चर्को करले समस्या पारिरहेको छ।

त्यसैमा यातायात व्यवस्था कार्यालयको ढिलासुस्तीका कारण सेवाग्राहीले समयमै कर समेत तिर्न नपाउँदा जरिमाना तिर्नुपरिहेको छ। 
  

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस