सुदूर नेपाललाई विश्वसँग जोड्दै

ढुंगाबालुवाको ढिस्कोमा पुरिएर कुबेतमा ६ नेपाली कामदारको मृत्यु

२०७६ फाल्गुन १, १०:५१ खबर संवाददाता

कुबेतमा ढुंगाबालुवाको ढिस्कोले पुरिएर ६ जना नेपाली कामदारको मृत्यु भएको छ। २ नेपाली कामदार घाइते भएका छन्।

अल मुट्ला क्षेत्रमा बुधबार निर्माणस्थलमा काम गरिरहेका बेला ढुंगाबालुवाको ढिस्को खसेको र ६ नेपाली कामदारको मृत्यु भएको कुबेतस्थित नेपाली दुताबासले बिहीबार जनाएको छ। कुबेतस्थित नेपाली दुताबासले विज्ञप्तिमार्फत् जनाए अनुसार दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये ४ जनाको पहिचान खुलेको छ। दुताबासले विज्ञप्तिमा उल्लेख गरेअनुसार ज्यान गुमाउनेमा पाल्पाका  एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त चौधरी र दाङका श्यामनारायण चौधरी रहेका छन्।

घाइतेमध्ये धर्मेन्द्रकुमार शाहीको कुबेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का घाइते मनोरथ मण्डल उपचार पश्चात फर्किएको दुताबासले जनाएको छ। उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए।

कमेन्ट लोड गर्नुस