सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा विद्यालय समयमै हावाहुरीले उडायो भवनका छाना, विद्यार्थी सकुशल

२०७६ फाल्गुन १, ०६:३८

बझाङ: बझाङको केदारस्युँ गाउँपालिका– ७ केटेलीमा रहेको कैलाश भवनी माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको छ। विद्यालयको कार्यालय समेत राखिएको दुई कोठे भवनमाथी रहेको छाना हावाले उडाएको हो। 

बिहिबार दिउँसो कक्षा सञ्चालन भइरहेको बेला नै हावाले विद्यालय भवनका जस्तापाताले छाएका छाना उडाएको प्रध्यानाधापक कबिराज जप्रेलले बताए। विद्यालयको कार्यालय राखेको भवनको छाना उडाएकोले विद्यार्थीलाई कुनै चोटपटक नलागेको उनले बताए । 

हावाहुरीका कारण छाना छाउन प्रयोग गरिएको काठ समेत भाचिँएको प्रधानाध्यापक जप्रेलले बताए।   
 

कमेन्ट लोड गर्नुस