सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतमा चार नेपालीको मृत्यु

२०७६ फाल्गुन १, ०२:४० खबर संवाददाता

कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गएको छ। अरब टाइम्सका अनुसार निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खस्दा मृत्यु भएको हो। सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन्। उनीहरुको परिचय भने खुलाइएको छैन।

समाचारमा ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए। ब्लक १, एन फाइभमा काम गर्ने क्रममा उनीहरुमाथि बालुवा र ग्राभल खसेको थियो। 

घटनालगत्तै त्यहाँ २० वटा एम्बुलेन्स तथा जहरा फायर स्टेसन र टेक्निल रेस्क्यु सेन्टरका उद्धारकर्ता पुगेर तत्कालै उद्धारको काम सुरु गरेका थिए। –ऐजेन्सी

कमेन्ट लोड गर्नुस