सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ : माघ महिनामा एक हजार रुपैयाँले बढ्यो

२०७६ फाल्गुन १, ११:०६ खबर संवाददाता

सुनको भाउ बिहीबार तोलामा तीन सय रुपैयाँले बढेको छ। सुनको भाउ बिहीबार तोलाको ७६ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७५ हजार सात सय रुपैयाँ तोकिएको थियो।

यस्तै चाँदीको भाउ बिहीबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८० रुपैयाँ पुगेको छ। माघ महिनामा सुनको भाउ समग्रमा तोलामा एक हजार रुपैयाँले बढेको छ। गएको माघ १ गते तोलाको ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ महिनाको अन्तिम दिन बुधबार तोलाको ७५ हजार सात सय रुपैयाँ पुगेको हो।

गएको माघ १९ र २० गते सुनको भाउ बढेर तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको थियो। यसअघि पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो साढे ७६ हजार रुपैयाँ पुगेको थियो। गएको माघ २० गतेपछि घटबढ हुँदै सुनको भाउ बुधबार तोलाको ७५ हजार सात सय रुपैयाँ पुगेको हो।  
 

कमेन्ट लोड गर्नुस