सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गुप्ताङ्गमा लागु औषध लुकाएर ल्याउने पक्राउ

२०७६ माघ २९, ०७:३५ खबर संवाददाता

कैलालीमा गुप्ताङ्गमा लागु औषध ब्राउन सुगर लुकाएर ल्याउने एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिकाबाट ब्राउन सुगर जानकी गाउँपालिका वडा नम्बर ८ का भोक्सीका २४ वर्षीय सुनिल भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले से २ प ७४९७ नम्बरको मोटरसाइलकलमा सवार भण्डारीलाई चेकजाँचका क्रममा लागु औषध भेटेपछि पक्राउ गरिएको बताए।

उनको साथबाट १५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। 
 
 

कमेन्ट लोड गर्नुस