डोटी प्रादेशिक महोत्सवको तयारी सम्पन्न, भोली उद्घाटन
डोटी: डोटीमा प्रादेशिक महोत्सवको तयारी सम्पन्न भएकाे छ। डोटी चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ देखि १३ गतेसम्म आयोजना गरिने महोत्सवको तयारी तिब्र रुपमा अगाडी बढेको हो।
नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना हुन लागेको महोत्सवमा महोत्सव स्थल निर्धारण भई सकेको र उक्त स्थलमा घेरवार तथा मन्च निर्माणको कार्य भई रहेको समेत तिब्र गतिमा भइरहेको चेम्वरका अध्यक्ष खगेन्द्र बहादुर साउदले बताए।
हरेक वर्ष दिपालयको पिपल्ला क्षेत्रमा महोत्सव लगाउदै आएकोमा यस वर्ष स्थान परिवर्तन गरिएको छ। यस वर्ष नेपाल भम्रण वर्ष समेत चलिरहेकाले ऐतिहासिक धरोहरको रुपमा रहेको दिल्पेश्वर मठ क्षेत्रलाई लक्षित गर्दै महोत्सव लगाईने भएको हो। महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अध्यक्ष साउदले जानकारी दिए।
यस वर्षको मुख्य आकर्षक प्यारागराईडिङ रहेको आयोजकले जनाएको छ। दिपायलको तिखा क्षेत्रबाट प्यारागराईडिङ उडाईने छ। महोत्सवको अन्य आकर्षणको रुपमा सेती नदीमा ¥याप्टीङ, डोटीका स्थानिय परिकार, रमाईलो मेला, स्थानिय झाँकी, घरेलु उत्पादन प्रर्दशनी र बिक्रि वितरण, कृषि प्रर्दशनी रहने चेम्वरका सचिव तेज डुम्रेलले जानकारी दिए।
महोत्सब अवधिमा १ करोड भन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनको भनाइ छ। महोत्सवको उद्धघाटन सुुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको छ।