सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल एकेडेमीद्वारा ६ जना प्रतिभावान विद्यार्थी सम्मानित

२०७६ माघ २८, ०७:५७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमलाई आफ्नो अदभूत प्रतिभाबाट देश तथा विदेशमा चिनाउने ६ जना आफ्ना विद्यार्थीलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले “प्रतिभा सम्मान २०७६” बाट सम्मानित गरेको छ। 

एकेडेमीको २१सौं वार्षिकोत्सव समारोहमा सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उनीहरुलाई सम्मान गरेका हुन्। सम्मानित हुनेमा ५ जना खेलकूद क्षेत्रसँग सम्बन्धित छन् भने एकजना सांगितिक क्षेत्रका प्रतिभा छन्। १९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिममा परी अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट पर्दशन गरेका  लक्ष्मी साउँद, यशोदा विष्ट र ईश्वरी विष्टलाई सम्मान गरिएको छ।  

१९ वर्ष उमेर समुह हुँदै सिनियर राष्ट्रिय टिममा९१८ जना भित्र० स्थान बनाउन सफल लोकेश वम र मलेसियामा सम्पन्न वल्र्ड कराँते च्याम्पेयनसीपमा रजत पदक विजेता कमल ओलीलाई पनि कार्यक्रममा सम्मान गरिएको छ। 

नपाल आइडलको सिजन थ्री मा उत्कृष्ट ११ स्थानमा पुग्न सफल कमल सोवलाई पनि मन्त्री बोहराले सम्मान गरेका छन्। विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई उजागर गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन एसपिएले भूमिका निर्वाह गरिरहेको प्रबन्ध निर्देशक सुवासबहादुर शाहीले बताए। सम्मानित प्रतिभाहरुले पनि एकेडेमीले गरेको सम्मानबाट हौसला र प्रेरणा मिल्नुका साथै अझै राम्रो काम गर्न जिम्मेवारी बढेको महसुस भएको प्रतिकृया दिए। 

उद्यमशिलता, स्वरोजगार र नेतृत्व दिनसक्ने विद्यार्थी उत्पादन अहिलेको प्रमुख एजेण्डा रहेको कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिलता तथा योजना मन्त्री झपट बोहराले बताएका छन्। राजनीतिक प्रणाली परिवर्तनपछि सरकारको यान अब शैक्षिक प्रणाली परिवर्तनतिर केन्द्रित भएको उनले बताए। 

सुदूरपश्चिमाञ्चल एकेडेमीको २१औं वार्षकोत्सव समापन समारोहमा बोल्दै उनले रोजगारीका लागि विदेश जाने मानसिकताका विद्यार्थी उत्पादन गरेर अब समृद्ध नेपालको सपना पूरा नहुने बताए। शैक्षिक प्रणालीमा सुधार नहुँदा विश्वविद्यालयहरु वेरोजगार उत्पादन गर्ने थलोमा सिमीत भएको सन्दर्भ उल्लेख गर्दै उनले विद्यार्थीमा उद्यमशिलता बढाउन शिक्षा प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताए।

एकेडेमीका अध्यक्ष योगेन्द्र बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न शिक्षक कर्मचारीहरुलाई सम्मान गरिएको छ। समारोहमा विद्यार्थीहरुले साँस्कृतिक तथा मनोरञ्जक प्रस्तुति देखाएका थिए। 
 

कमेन्ट लोड गर्नुस