सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडा सदस्यको निधनपछि बैतडीको सिगास गाउँपालिकामा शोक विदा

२०७६ माघ २८, ०७:२५ खबर संवाददाता

वडा सदस्यको निधन भएपछि बैतडीको सिगास गाउँपालिकाले एक दिन शोक विदा दिएको छ। वडा नम्बर ८ की वडा सदस्य सुरजादेवी दमाईको आइतवार निधन भएपछि  सोमवार बसेको गाउँकार्यपालिका बैठकले मंगलवार एक दिन गाउँपालिकामा बिदा दिने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले मंगलबार गाउँपालिकाका सम्पूर्ण कार्यालयहरु बन्द रहने बताए। यसका साथै मृतक दमाईका परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको उनले बताए।

लामो समयदेखि श्वासप्रश्वासकी बिरामी रहेकी वडा सदस्य तथा कार्यपालिका सदस्य दमाईको आइतवार ४८ वर्षको उमेरमा घरमै निधन भएको थियो। 
 

कमेन्ट लोड गर्नुस