सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला ह्याण्डबल संघ कैलालीको अध्यक्षमा सावद

२०७६ माघ २७, ०६:४५ खबर संवाददाता

धनगढी: जिल्ला ह्याण्डबल संघ कैलाली को पुर्नगठन गरिएको छ। जिल्ला अधिवेशनले कुवेरजीत सावद अध्यक्ष रहनेगरि नयाँ १५ सदस्यीय समिति गठन गरिएको हो। 

समितिको उपाध्यक्षमा राजेन्द्र अग्रवाल, सचिवमा खेमराज भट्ट, कोषाध्यक्षमा ललीतराज पन्तलाई चयन गरिएको छ। त्यस्तै भुपेन्द्र बलायर, उदयप्रताप सिँह, विकास विष्ट, निलम राना, शान्ती क्षेत्री, मुन्नी राना, रामेश्वर श्रेष्ठ, मेम्बर सिँह, लक्ष्मण दहाल, सुरेन्द्र राठी र नारायण प्रसाद जोशी सदस्यमा चयन भएकाल छन्। 

त्यसैगरि केन्द्रीय महाधिवेशनमा रामेश्वरप्रसाद श्रेष्ठलाई पठाउने निर्णय भएको सदस्य विकास विष्टले जानकारी दिए।  नेपाल  ह्याण्डबल संघको निर्देशन अनुसार समिति पुर्नगठन भएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस