सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–स्याउले सडक : डिपिआर स्थानीय तहले बनाउने, योजना कार्यालयले कालोपत्रे

२०७६ माघ २७, ०३:२५ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट पुरानो क्षेत्रीय सदरमुकाम दीपायल जोड्ने द्रुत मार्ग अन्तरगतको धनगढी–स्याउले खण्ड कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने सहमती भएको छ। भर्खरै योजना प्रमुखको जिम्मेवारी पाएका ईन्जिनियर खगेन्द्र शाहीका अनुसार धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाको सहयोगमा डिपिआर बनाउने सहमती भएको हो।

‘यस क्षेत्रका प्रदेश र प्रतिनिधि सभाका सासंदहरुको पटक–पटकको आग्रहपछि सडक विभागले उक्त सडकको अवस्था बारे हामीलाई सोधेको थियो,’ योजना प्रमुख शाहीले दिनेश खवरलाई भने, ‘हामीले सडकको अवस्थाको विषयमा जानकारी दिएपछि बहुबर्षिय टेण्डरका लागि डिपिआर बनाउन पर्ने भयो। हामीसंग बजेट अभावका कारण धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकालाई डिपिआर बनाउनका लागि आग्रह गरेका छौ।’

उनका अनुसार दुवै स्थानीय तहले डिपिआर बनाउने प्रतिवद्धता जनाएका छन्। डिपिआर स्वीकृत भएपछि बहुबर्षिय टेण्डरका लागि प्रक्रिया यसै आर्थिक बर्षदेखि अगाडी बढाउने दावी शाहीको छ। उनका अनुसार बहुबर्षिय टेण्डरका लागि संघीय अर्थ मन्त्रालयले स्वीकृती दिनुपर्छ।

धनगढी–स्याउले सडक यसअघि कालोपत्रे भएको सडक ६ महिनामै भत्किएपछि अख्तियारमा मुद्दा पर्दा सडक अलपत्र परेको थियो। ओटासील प्रविधिमा निर्माण भएको कालोपत्रेको अहिले अवशेष पनि छैन्। सडक भत्किएपछि कहिले साविकको जिल्ला विकास समिति, कहिले प्राविधि कार्यालय, कहिले सडक डिभिजनले बनाउने भन्दै स्थानीयलाई रनभुल्लमा पारिएको थियो। पछि उक्त सडकलाई द्रुत मार्गमा राखिएको थियो। 

कमेन्ट लोड गर्नुस