सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वडा सदस्यको मृत्यु

२०७६ माघ २६, ०८:१२ खबर संवाददाता

बैतडीको सिगास गाउँपालिका वडा नं ८ को दलित महिला सदस्यमा निर्वाचित वडा सदस्यको मृत्यु भएको छ। श्वासप्रश्वास सम्बन्धी समस्या कारण ७० वर्षिया सुर्जामति दमाईको आईतबार निधन भएको हो।

विगत केहि महिना अघि देखि नै श्वासप्रश्वास सम्बन्धी समस्या भएपनि अवस्था समान्य रहेको र अकस्मात निधन भएको उनका छोरा रमेश नेपालिले बताए। देश संघिय संरचना गईसकेपछि स्थानीय निर्वाचनमा स्व दमाइ वडा नं ८ वाट दलित महिला सदस्य जननिर्वाचित भएकी थिईन्। 

कमेन्ट लोड गर्नुस