सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका भाइरल प्रभावित क्षेत्रमै पुगेर उपचार गर्दै चिकित्सक

२०७६ माघ २६, ०७:५७ प्रकाश सिंह

बाजुरा: बाजुराको हिमाली गाउँपालिकाका भाइरल प्रभावित क्षेत्रमा चिकित्सकको टोली पुगेर उपचार गरिरहेको छ। गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाले माहामारीको रुप लिएपछि गाउँपालिका भित्रका गाउँमा पुगेर डक्टरसहितको टोलीले उपचार गरिरहेको हिमाली गाँउपालिका स्वास्थ्य संयोजक राज भण्डारीले बताएका छन्। आफुहरुले उपचार मात्र नभई स्वास्थ्य सन्देश समेत दिइरहेको उनले बताए। 

आइतबारदेखि बिहिबार सम्म गाउँपालिको केन्द्र धुला चौरमै डाक्टरसहितको स्वास्थ्यकर्मी टिमले उपचार गरिरहेको थियो। शुक्रबारदेखि विभिन्न गाउँमै पुगेर उपचार र स्वास्थ्य शिक्षा दिँदै आएको गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताएका छन्।

बाजुराको सबैभन्दा दुर्गम गाउँपालिका रुपमा रहेको हिमाली गाउँपालिकाका गाउँमा पहिलो पटक डाक्टर पुगेर सेवा समेत दिइरहेका हुन।  स्वास्थ्य शाखा प्रमुख राज भण्डारीका अनुसार शुक्रबार गाउँपालिका–४ को  बोर्ता गाउँमा स्वास्थ्य शिविर संचालनगरि २ सय ३७ जनाको उपचार गरिएको थियो। 

त्यसैगरि शनिबार फैतीगाउँमा १ सय ५६ जनाको स्वास्थ्य उपचार गरिएको छ।  जसमध्ये ४ जना शंकास्पद बिरामीको नमुना लिइ सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ। 

त्यस्तै आइतबार पनि वडा नम्बर ६ धिमगाउँमा स्वास्थ्य शिविर संचालन भएको छ। जहाँ २ सय भन्दा बढि बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए। 

यसरी शिविर संचालल पश्चात पूर्णरुपमा भाइरल नियन्त्रण नभएपनि पहिलाभन्दा धेरै नियन्त्रणमा आइसकेको बताइएको छ।  

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस