सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य बढेर ७६ हजार पुग्यो

२०७६ माघ २६, ११:२६ खबर संवाददाता

सुन एक दिनमै तोलामा ४ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको सुन आज ७६ हजार रुपैयाँ पुगेको छ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुन उकालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर शुक्रबार ७५ हजार २ सयमा आइपुगेको थियो। आज पुनः बढेर ७६ हजार पुगेको छ। अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। तर, अहिले पुन उकालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस