धनगढीलाई ५ वर्ष भित्र अन्तराष्ट्रिय विमानस्थल बनाउन सकिदैन् : महाप्रबन्धक पोखरेल
नीजि क्षेत्रको अगुवाईमा स्थापना भएको धनगढी विमानस्थल वषौँदेखि स्तरोन्नतीको पर्खाइमा छ। धनगढीलाई क्षेत्रिय हुँदै अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न सकेमा सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
यहाँको नीजि क्षेत्रको माग पनि धनगढीलाई अन्तराष्ट्रिय विमानस्थल बनाएर छिमेकी राष्ट्र भारतसंगको सम्पर्क विस्तार गर्नुपर्ने रहदै आएको छ। तर राज्यले भने सुदूरपश्चिममा लगानी गर्न कन्जुसाई गर्दै आएपछि समस्या हुने गरेको छ। लामो समयपछि धनगढी विमानस्थललाई स्तरोन्नती गर्ने भन्दै २० वर्षे गुरु योजना बनाईएको छ तर धनगढीलाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्ने विषयमा भने सरकार अहिले नै बोलेको छैन्।
धनगढीमा शनिबार संघिय संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आयोजना गरेको गुरु योजना प्रस्तुतीकरण गरिएको छ। तर धनगढीलाई तत्काल नै अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न नसकिने तर्क व्यक्त गरिएका छन्।
नेपाल नागरिक उड्यन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले धनगढीलाई पाँच वर्ष भित्र अन्तराष्ट्रिय विमानस्थल बनाउन नसकिने दावी गरेका छन्। उनले विमानस्थलको क्रमिक सुधार गर्दै लैजाने तर्क प्रस्तुत गरे।
धनगढी विमानस्थलको गुरु योजना प्रस्तुतीकरण कार्यक्रममा पोखरेलले राखेको भनाई जस्ताको त्यस्तै
धनगढी विमानस्थलको विकासको श्रेय नीजि क्षेत्रलाई जान्छ। उहाँहरुले त्यतिबेला करिब २५ लाख रुपैँया उठाएर धावनमार्ग कालोपत्रेको काममा योगदान गर्नुभएको थियो। त्यसैको आधारमा हामीले एयरपोर्टको विकासका लागि त्यसको सय गुणा बढि करिब २५ करोड रुपैँया लगानी गरिसकेका छौँ र यो क्रम जारी नै छ। त्यतीबेला विकास गर्ने क्रममा मास्टर प्लान नभएरै गम्भीर त्रुटी भएको छ।
विमानस्थलको विकास कहिले सम्म गर्ने पाँच वर्ष, १० वर्ष त्यो उद्देश्य राखेर हामीले जग्गा अधिग्रहण गर्नुपथ्र्यो। त्यो नहुनाले हामीलाई अहिले करिब दुई सय २७ बिघा अधिग्रहण गर्नुपर्ने आवश्यकता छ। हाम्रो जग्गा जम्मा ७० बिघा छ। हामीले डाटा हे¥यौँ यो एयरपोर्टमा दैनिक पाँच सय व्यक्ति आवतजावत गर्छन्, दिनमा चारवटा फलाईट हुन्छ। र हामीले पाँच वर्षमै यसलाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा तम्प्याएर राख्ने भन्ने होईन्।
क्रमिक रुपमा ट्राफिकलाई हेरेर विकास गर्दै लैजाने हो। हामीलाई आवश्यकता प¥र्यो नाईट फ्लाईटको व्यवस्था ग¥यौँ। आवश्यकता प¥र्यो १८ सय मिटरको रनवे बनायौँ। जसमा अहिले सिआरए सेभन हन्डरेट जस्ता क्याटोगोरिका जहाज सञ्चालन भईरहेका छन्।
हाम्रो अहिलेको उद्देश्य कोर फो सी त्यो भनेको एयर बस थ्री टु जेरो र गोईङ सेभेन थ्री सेभन सम्म हो। लगानी धेरै ठुलो छ हेर्नुस्, जग्गा अधिग्रहणको लागि मात्र हामीलाई पाँच अर्ब रुपैँया खर्च लाग्छ। एयरपोर्टको विकासका लागि १७ करोड गरी २२ अर्ब लगानी भनेको ठुलो लगानी हो।
हामीले गौतम बुद्ध एयरपोर्ट करिब ८ अर्बमा बनाएकाछौँ, पोखरा एयरपोर्ट २३ अर्बको लगानीमा हो। लगानीको प्रतिफल पनि हामीले हेर्नुपर्नेहुन्छ। राज्यको खर्च हो यो। नेपालको कुरा गर्दाखेरी अहिलको अवस्थामा हामीलाई दुईटा भन्दा बढि अन्तराष्ट्रिय एयरपोर्ट आवश्यक छैन्। तर भविष्यमा हामीले २० वर्ष, २५ वर्ष, ३० वर्षको सोच राख्नुपर्छ।
यदि हामीले टु ईयरको मात्र सोच राखेर बस्यो भने, धनगढीको विकास सम्भव थिएन्। त्यसले गर्दा यो क्रमिक रुपमा हुने कुरो हो। एकैचोटी राज्यले लगानी गर्नुपर्छ भन्ने होईन्। हामी गर्दैजान्छौँ। त्यसैले हामीले फेजवाईज विकासको अवधारणा ल्याएका छौँ। ५ वर्षमा के गर्ने ? १० वर्षमा के गर्ने ? हाम्रो उद्देश्य रहेको छ। यसै अनुसार अगाडी बढ्छौँ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु।