सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्रयाक्टर र मोटरसाईकल ठोक्किदा युवक घाईते

२०७६ माघ २६, ०७:२६ खबर संवाददाता

धनगढीमा ट्रयाक्टर र मोटरसाईकल ठोक्किएर भएको दुर्घटना परी एक युवक घाईते भएका छन्। उपमहानगरपालिकाको वडा नम्बर ७ कालिका मन्दिर नजिकै धनगढीबाट कनरीतर्फ जादै गरेको भे १त ४३९० नम्बर ट्रयाक्टर र विपरीत दिसाबाट आईरहेको से ३ प ५९० नम्बरको मोटरसाईकल ठोक्किदा युवक घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले घाईते हुनेमा मोटरसाईकल चालक उर्माका २० वर्षीय  कबि राना रहेको बताए। उनको दाहिने खुट्टा भाचिएको छ भने निधारमा पनि चोट रहेको बस्नेतले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि रानालाई कोहलपुर रेफर गरिएको छ। ट्रयाक्टर, मोटरसाईकल र चालक धनगढी उपमहानगरपालिका १२ का १७ वर्षीय सुदिप तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस