वडा कार्यालयको ताला यथाशिघ्र खोल्न काँग्रेसको माग
धनगढी- नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ले वडा कार्यालयमा लगाइएको तालाबन्दी यथाशिघ्र खोलिनुपर्ने माग गरेको छ। वडा समितिले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै शबदाह स्थल निर्माण गर्ने नामको विवादमा जनताको दैनिक कार्यहरुको अवरोध हुने गरी तालाबन्दी गर्न नहुने जनाएको छ।
वडा समितिका सभापति दिपेन्द्रबहादुर सिंहद्धारा जारी विज्ञप्तीमा ‘नेपाली का“ग्रेसले बन्न नदिएको भन्ने भ्रमात्मक कुरा रहेको र हरेक कार्यमा सहयोगका लागि तत्पर रहेको कुरा अवगत गराउन चाहन्छौं।’ सभापति सिंहले शवदाह स्थललाई व्यवस्थित बनाउने काममा नेपाली का“ग्रेस सहयोग गर्न चाहने बताए।